प्रधानमन्त्री दाहालले भेटे ओली र देउवा, के-के भयो कुराकानी  ? 

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । 

प्रधानमन्त्रीसँग भेटवार्ताका लागि ओली र देउवा बालुवाटार पुगेका थिए । प्रचण्डले सुरूमा देउवा र त्यसपछि ओलीसँग भेटवार्ता गरेका हुन् । 
भेटवार्तामा सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिहरूको छानबिन आयोगसम्बन्धी विधेयक टीआरसीलाई टुंग्याउने विषयमा छलफल भएको जानकारी दिइएको छ । भेटवार्तामा दुवै नेता टीआरसी सहमतिमै अघि बढाउन सकारात्मक रहनुभएको प्रधानमनत्रीको सचिवालयले जानकारी दिएको छ ।