आजको मौसम : कोसी, बागमती र गण्डकी प्रदेशमा चट्याङ्गसहित वर्षा !

काठमाडौँ - हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोसी, बागमती प्रदेश र गण्डकी प्रदेशका  पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली  रहनेछ । 


आज दिउँसो कोसी, बागमती  र गण्डकी प्रदेशका  पहाडी भू–भागका एक दुई स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति कोसी, बागमती  र गण्डकी प्रदेशका  पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।  कोसीका पहाडी भू–भागका एक दुई स्थानमा  चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।