भैँसी चोरको साथबाट  पेस्तोल र गोली बरामद

काठमाडौँ । भैँसी चोरको साथबाट प्रहरीले कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद गरेको छ । हरिनगरा गाउँपालिका-१ हर्षाही बस्ने ४० वर्षीय किसान यादवलाई प्रहरीले कटुवा पेस्तोल एक थान र सोही पेस्तोलमा लाग्ने गोलीको खोका एक थानसहित पक्राउ गरेको छ ।

भोक्राहा नरसिंह गाउँपालिका-४ लबटोलिया बस्ने जुगेश्वर यादवको २ वटा भैँसी चोरी गरी भएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी चौकी चिरौलीबाट खटिएको प्रहरीले चोरीमा संलग्न यादवलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो ।

प्रहरीले चोरीमा संलग्न हाल फरार अन्य व्यक्तिहरूको खोजी गरिरहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।