माछा मार्ने क्रममा करेन्ट लागेर २५ वर्षिय युवकको मृत्यु  

काठमाडौँ । माछा मार्ने क्रममा तनहुँमा एक जना युवकको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका वडा नं.०६ ओखले बस्ने २८ वर्षीय सन्तोष कुमालको मृत्यु भएको हो ।

शनिबार बिहान तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं.६ कुम्लेखोलामा कुमाल ओखलेमा डेरा गरी बस्ने वर्ष २५ को सन्तोष डाँगीसँग माछा पार्न पुगेका थिए ।

माछा मार्ने क्रममा करेन्ट लागी घाइते भएका कुमालको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । सो घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको खाँणले बताए ।