माइतीघर मण्डलाको निषेधाज्ञा फिर्ता गर्न माग गर्दै प्रदर्शन

काठमाडौँ । माइतीघर मण्डलामा लगाइएको निषेधाज्ञा तत्काल फिर्ता गर्नुपर्ने माग राख्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ । चिकित्सक अभियन्त्रा डा.गोविन्द केसीलगायतले शनिबार मध्यान्ह प्रदर्शन गरेका हुन्।

उनीहरूले ‘लोकतान्त्रिक स्थानको संकुचन नगर’, ‘माइतीघरको निषेधाज्ञा तत्काल फिर्ता गर’, ‘निस्शुल्क औषधी उपचारको सेवा व्यवस्था गर’, ‘सत्ता तिम्रो सडक नागरिकको’ लगायतका नारा लेखिएका ब्यानर प्रदर्शन गरेका थिए।

सरकारले माइतीघर मण्डलबादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्न निषेध गरेको छ।