प्रधानमन्त्री प्रचण्डद्धारा उदयपुर सिमेन्ट उद्योगको अवलोकन

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गरेका छन् । शनिबार उद्योग रहेको स्थान उदयपुरको जलजले पुगी उद्योगको अवलोकन गरेका हुन् । 

प्रधानमन्त्री प्रचण्डलाई महाप्रबन्धक खगेन्द्र बस्नेतलगायत उच्चपदस्थ अधिकारीले उद्योगको समग्र अवस्थाबारे जानकारी गराएका थिए ।

सोही क्रममा उनले उद्योगलाई यही अवस्थामा नभई ‘अपग्रेड’ गरेर सञ्चालन गर्नुपर्ने बताए ।  उनले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न सरकार तयार रहेको बताए ।

उदयपुर सिमेन्ट नेपाल सरकारद्वारा सञ्चालित उद्योग हो । नेपाल र जापान सरकारको संयुक्त लगानीमा वि.सं.२०४४ जेठ ३१ गते सो उद्योगको स्थापना भएको थियो ।