भ्रष्टाचाररीलाई कारबाही गर्दा राजनितिक दलका नेताहरुबाट दबाब दिइयो

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा संलग्नलाई सरकारले कारबाहीको दायरामा ल्याउँदा  राजनितिक दलका नेताबाट दबाब  दिने गरेको बताए ।

शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा वर्तमान सरकारले भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहित अरू कदम चालिरहेको बताए । 

उनले देशको समृद्धिका लागि सुशासन अनिवार्य सर्त रहेकाले वर्तमान सरकार त्यसका निम्ति प्रतिबद्ध रहेको स्पष्ट पारे ।

सरकारले छिटोछिटो देशमा सुशासनका लागि काम गरोस् भन्ने जनतामा अपेक्षा रहेको उनले उल्लेख गरे । उनले सबै घटनामा तथ्य–प्रमाणले पुष्टि गरेपछि मात्र अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए ।