चिकित्सा क्षेत्रको नोबल पुरस्कार कोरोनाको खोप बनाउने क्यारिको र वाइसम्यानलाई दिईने 

काठमाडौँ - यस वर्षको चिकित्सा क्षेत्रको नोबल पुरस्कार क्याटलिन क्यारिको र ड्रिउ वाइसम्यानले पाएका छन् ।

स्वीडिस एकेडेमी अफ साइन्सले सोमबार क्यारिको र वाइसम्यानलाई नोबल पुरस्कार दिने घोषणा गरेको हो । कोरोना भाइरसविरुद्ध एमआरएनए भ्याक्सिन विकासमा महत्त्वपूर्ण योगदान दिएको भन्दै उनीहरुलाई नोबल पुरस्कार दिने घोषणा गरेको हो । उनीहरुले एमआरएनए भ्याक्सिनले मानव शरीरको प्रतिरक्षा प्रणालीमा कसरी काम गर्छ भनेर पत्ता लगाएका थिए ।

नोबल पुरस्कार विजेतालाई ९ लाख अमेरिकी डलरसँगै २४ क्यारेट सुनको तक्मा प्रदान गरिन्छ ।