नेकपा माओवादी केन्द्रको आजदेखि विशेष रूपान्तरण अभियान

 काठमाण्डौँ - नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले पार्टी सदस्यता आठ लाख पु(याउने उद्देश्यसहित ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ को शनिबार उद्घाटन गर्ने भएको छ । २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा सरकारले गरेका कामको जानकारी दिने उद्देश्यले तीनमहिने अभियान गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ । 

पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छ हजार ७४३ वडामा एकसाथ भर्चुअल माध्यमबाट अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरबाट उद्घाटन गर्ने  शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पार्टी प्रवक्ता सापकोटाले उद्घाटनपछि दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्ड चन्द्रागिरि–२, घट्टेडाँडा पार्कमा हुने कार्यक्रममा सहभागी हुने जानकारी दिए ।  

उनले ‘घर घरमा माओवादी, जन जनमा माओवादी’ नारासहितको तीनमहिने अभियानमार्फत माओवादी केन्द्र जनतासमक्ष पुग्न लागेको बताए । आत्मनिर्भरता बढाउन पार्टीको नेतृत्वमा सञ्चालित स्थानीय सरकारले कम्तीमा एकरएक वटा उत्पादन र उद्यमसँग सम्बन्धित कार्यक्रम सुरु गरिने भएको छ । कृषि तथा वनमा आधारित साना उद्योग, उत्पादन र बजारीकरणको क्षेत्रमा पार्टी प्रदेश समितिको सिफारिसबमोजिम सङ्घीय सरकारले सात वटै प्रदेशमा एकरएक वटा आयोजना सञ्चालनको सम्भाव्यताको अध्ययन गर्ने छ ।