प्रधानमन्त्रीले कुर्सीबाट नहट्ने आशिर्वाद लिन भारतलाई जलस्रोत सुम्पिए : प्रदीप ज्ञवाली

बुटवल - प्रमुख प्रपिक्षी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भारत भ्रमणको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुर्सी बचाउनका लागि नेपालका जलस्रोत भारतलाई बुझाएको आरोप लगाएका छन् ।

आज (शनिबार) एमाले लुम्बिनी प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले कुर्सीका लागि जस्तासुकै कागजमा पनि सहिछाप गर्न तयार हुने मान्छेहरू अहिलेको सरकारमा रहेको बताए । उनले अहिले आफ्नो कुर्सीको दिर्घायुका लागि जस्तासुकै कागजमा पनि सहिछाप गर्न तयार मान्छेहरु सरकारमा रहेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा कुनै पनि राष्ट्रिय हितका पक्षमा कुनै आवाज उठाउन नसकेको ज्ञवालीको भनाइ छ ।