रवि लामिछानेले चितवनमा महिलाको लागि सञ्चालनमा ल्याए ‘ब्लूबस’

 चितवन - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सङ्घीय सांसद रवि लामिछानेले महिलाका लागि चितवनमा आजदेखि निस्शुल्क ‘ब्लुबस’ सञ्चालनमा ल्याएको जानकारी दिएका छन् ।

सांसदमा निर्वाचित भएको एक सय दिन पूरा भएको सन्दर्भमा बुधबार उनले ब्लु बस सञ्चालनले जिल्लावासी महिलालाई सहज हुने विश्वास व्यक्त गरे । 

“मलाई थाहा छ बस सञ्चालन सङ्घीय सांसदको काम हुँदै होइन, क्षेत्राधिकार पनि होइन । तर जनप्रतिनिधि र नीति–निर्माताले सार्वजनिक यातायात कस्तो हुनुपर्दछ भन्ने सपना देख्नुपर्छ । अझ सार्वजनिक सवारीमा महिलाहरूको सुरक्षा र प्राथमिकता कस्तो हुनुपर्दछ भन्ने देख्नुपर्छ र देखाउनुपर्छ,” उनले भने ।