कर्णाली प्रदेशसभाको बैठक अन्योल, संशोधन नभए सदन चल्न नदिने एमालेको अडान

 सुर्खेत - कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८०र०८१ का लागि ल्याएको बजेट विवादित बनेको छ । प्रदेशका आर्थिक मामिला मन्त्री र मुख्यमन्त्रीले बजेटमा मनोमानी गरेकाले कर्णाली प्रदेश सरकारको वार्षिक बजेट विवादित बनेको हो ।

गत १२ असारमा सरकारले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८०र०८१ को वार्षिक बजेट तथा कार्यक्रमको मन्त्रालयगत विनियोजन बजेट माथिको छलफलका लागि कार्यसूची सार्वजनिक गरेको थियो ।

गत मंगलबारको प्रदेशसभा बैठकमा सभामुख नन्दा गुरुङले सभाको कार्यसूची पेस गरेकी थिइन् । कार्यसूची अनुसार असार १३ र १४ गते भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको विनियोजित बजेटमाथि छलफल हुने भनिएको थियो ।