'मिटरब्याज पीडितहरूको न्यायका लागि सरकार गम्भीर हुनुपर्छ' : पदम गिरी

 काठमाडौँ - नेकपा एमालेका सचेतक पदम गिरीले मिटरब्याज पीडितहरूको न्यायका लागि सरकार गम्भीर हुनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई  संशोधन गर्न बनेको विधेयक २०८० को सैद्धान्तिक छलफलमा भाग लिँदै एमाले सांसद गिरीले मिटरब्याज चानचुने नभइ गम्भीर समस्या भएकाले बताए ।

सांसद गिरीले मिटरब्याजी प्रकरणमा राष्ट्रसेवक उच्चपदस्थल कर्मचारीदेखि राजनीतिक दलका ठूला नेताको संलग्नता रहेको भन्दै यसको गहिरो छानबिन हुनुपर्ने बताए। उनले ताजा जनादेश आएको ७ महिना पुग्दा पनि  एउटा पनि ऐन निर्माण गर्न नसकेको भन्दै आपत्ती जनाए ।

मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई  संशोधन गर्न बनेको विधेयक २०८० मिटजब्याजी पीडितलाई न्याय दिन नभइ  झुक्याउनका लागि ल्याएको उनको  आरोप छ ।