शरणार्थी प्रकरणः बालकृष्ण खाँणसहित तीन जनाको बयान सुरु

काठमाडौ -। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित तीन जनाको बयान सुरु भएको छ।

शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये पूर्वगृहमन्त्री खाँण, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र हरिभक्त महर्जनको बयान लिन लागिएको हो ।  फरार रहेका महर्जनले हिजो बुधबार आत्मसमपर्ण गरेका थिए ।

आजबाट खाँण, रिजाल र महर्जनको बयान लिने कार्य सुरु भएको हो । उनीहरुले काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान दिनेछन् ।