'मेरो भारत भ्रमण सकारात्मक बन्यो' : प्रधानमन्त्री दाहाल

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि भ्रमणका एजेण्डाहरुमा सकारात्मक परिणाम आएको बताएका छन् । 

मध्य प्रदेशको भ्रमणमा प्रस्थान गर्नुअघि शुक्रबार बिहान नयाँदिल्ली स्थित होटल मौर्यमा नेपाली पत्रकारहरुसँग संवाद गर्दै प्रधानमन्त्री दाहालले मोदीसँग तीन पटक एक्लाएक्लै संवाद गरेपछि वातावरण सहज बनेको बताए । ‘परिस्थिति बिग्रेला जस्तो भईसकेको थियो, मोदीजीसँगको निरन्तर भेटले धेरै राम्रो र ठूलो कुराको सुरुवात भयो,’ प्रधानमन्त्री दाहालले भने ।