मेरो माइक्रोफाइनान्स लघुवित्तको नाफामा उछाल, खराब कर्जा अनुपात भने घट्यो !

काठमाण्डौँ - चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा ८४६.२९ प्रतिशतले धेरै हो ।  
अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले १ करोड ३० लाख मात्रै खुद नाफा आर्जन गरेको थियो ।  

समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी पनि बढेको छ । कम्पनीको खुद ब्याज आम्दानी १५.५५ प्रतिशतले बढेर ६० करोड ९२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको चैत मसान्तसम्म ४६ करोड ९७ लाख रुपैयाँ रहेको कम्पनीको खुद सञ्चालन आम्दानी बढेर ६६ कररोड ६ लाख रुपैयाँ पुगेको छ ।