लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

 दाङ - लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिएका छन् । मुख्यमन्त्री नियुक्त भएको ६ दिनमा चौधरीको पक्षमा प्रदेश सभाका बहुमत ५३ प्रदेश सभाका सदस्यहरूले विश्वासको मत दिएका हुन् ।  

मुख्यमन्त्रीले विश्वासको मत पाएलगत्तै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।