आजको मौसम : देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ - हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । 

आज दिउँसो कोशी, मधेस  र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली  रहने छ । देशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहनुका साथै तराईका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको  सम्भावना रहेको छ ।

आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र देशका बाँकी भूभागमा चट्याङ्गसहित  मध्यम वर्षाको  सम्भावना रहेको महाशाखाले छ ।