नवनिर्वाचित सांसद उपेन्द्र यादवले लिए सपथ

 काठमाण्डौँ - जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं नवनिर्वाचित सांसद उपेन्द्र यादवले पद तथा गोपनियताको सपथ लिएका छन् ।

सिंहदरवारस्थित एक कार्यक्रममा सभामुख देबराज घिमिरेले यादवलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् । गत बैशाख १० गते भएको उपनिर्वाचनमा प्रतिनिधिसभाका लागि बारा–२ बाट यादव निर्वाचित भएका थिए ।