'एमालेलाई बदनाम गर्न महालेखा नै पछि लागेको छ' : केपी ओली

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महालेखा नेकपा एमालेलाई बदनाम गर्न एमालेको पछि लागेको आरोप लगाएका छन् । 
मंगलबार ग्रासरुट अभियानको समीक्षा कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले गरेको विकास नदेख्ने सवै तत्वहरु विरोधमा उत्रेको बताएका हुन् । उनले महालेखा परीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा झापाको दमकमा बनाएको भ्यु टावर किन बनाएको भनेर लेखेको भन्दै आपत्ति समेत जनाए ।