उपेन्द्र यादवले आज पद तथा गोपनियताको सपथ लिँदै

 काठमाडौँ - जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनियताको सपथ लिँदैछन् । गत बैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा(२ वाट बिजयी यादवले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन् ।

संघीय संसद सचिवालयका दशरथ धमलाका अनुसार आज दिउँसो १ः०० बजे कानून समितिको हल, सिंहदरवारमा सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको सपथ गराउने छन् । सोही उपनिर्वाचनवाट बिजयी भएका रबि लामिछाने र स्वर्णिम वाग्लेले भने यसअघि नै सपथ ग्रहण गरिसकेका छन् ।