प्रतिनिधि सभा सदस्यबाट एमाले सांसद कोइरी निलम्बित


काठमाडौँ - हत्या अभियोग लागेका एमाले सांसद लक्ष्मी महतो कोइरी प्रतिनिधि सभा सदस्यबाट निलम्बित भएका छन् । मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीको नियम २४८ को उपनियम ३ बमोजिम सांसद कोइरीलाई प्रतिनिधि सभा सदस्यबाट निलम्बन गरेको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।