आज कालीमाटीमा तरकारीको मुल्य कति छ ? प्रतिकेजी साढे १२ रुपैयाँदेखि ६२५ रुपैयाँसम्म !

 काठमाडौँ - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज मङ्गलबार प्रतिकेजी साढे १२ रुपैयाँदेखि ६२५ रुपैयाँसम्मको तरकारी र फलफूल पाइने भएको छ ।

आज सबैभन्दा सस्तो नरिवल बन्दाको भाउ प्रतिकेजी १२ रुपैयाँ ५० पैसा तोकिएको छ भने लोकल बन्दालाई प्रतिकेजी १३ रुपैयाँ पर्नेछ । त्यस्तै, ज्यापु स्थानीय काउली प्रतिकेजी ३० रुपैयाँ, लोकल काउली १५ रुपैयाँ तोकिएको छ भने आभोकाडो सबैभन्दा महँगो पर्नेछ । आज आभोकाडोको औसत मूल्य प्रतिकेजी ६२५ रुपैयाँ, कुरीलोको ४५० रुपैयाँ र किविको मूल्य ४२५ रुपैयाँ तोकिएको छ । 

यसैगरी ठुलो भारतीय गोलभेडा प्रतिकेजी ६५ रुपैयाँ, लोकल सानो गोलभेडा ५५ रुपैयाँ, रातो आलु ४५ रुपैयाँ, सुकेको प्याज ७० रुपैयाँ, लोकल गाजर ३८ रुपैयाँ ३३ पैसा, तरार्ई गाजर २९ रुपैयाँ, हाइब्रीड मूला, डल्लो भन्टा, टाटे सिमी र फर्सी प्रतिकेजी ३५ रुपैयाँ, तने बोडी ५५ रुपैयाँ, राजमा घिउ सिमी प्रतिकेजी ९५ रुपैयाँ पर्नेछ ।