बालुवाटार र संसदबाट मात्रै क्रान्ति हुँदैन : झलनाथ खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले बालुवाटारबाट समाजवाद नआउने बताएका छन्।

मंगलबार राष्ट्रियसभा गृहमा आयोजित ‘नेपाली विशेषताको समाजवाद’ अन्तरक्रियामा यस्तो धारणा राखेका हुन्। बालुवाटार र सदनबाट मात्रै समाजवाद नआउने भन्दै नेता खनालले सडक प्रमुख रहेको बताए।

‘खालि बालुवाटार र संसदबाट मात्रै क्रान्ति हुँदैन। समाजवाद आउँदैन’, उनले भने, ‘सदनलाई उपयोग गर्नैपर्छ, तर सडक प्रमुख हो। जनता त्यहाँ छन् । यसलाई बुझेर आम वर्गीय जनतालाई एकताबद्ध गर्ने, जागरूक र आन्दोलित नगरिकन नेपाली विशेषताको समाजवाद आउँदैन।’

नेता खनालले त्यसका लागि साझा मञ्च खोज्न वामपन्थीहरु लाग्नुपर्ने बताए।

‘