नेप्से परिसूचक झिनो अंकले घट्यो, कारोवार रकम कति ? 

 काठमाण्डौँ - साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च नेप्सेमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.०९ प्रतिशत अर्थात १.८५ अंकले घटेर २०१०.२१ विन्दुमा सीमित भएको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१५ प्रतिशतले बढेर ३५६.२० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा कम्पनीको ६१ लाख ३१ हजार ६२१ कित्ता सेयर २ अर्ब २९ करोड १६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

 नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ६ वटा समूहमा हरियाली छायो भने ७ वटा समूहमा भने रातो पोतियो । आज लघुवित्त समूह सबैभन्दा धेरै अर्थात १.८९ प्रतिशतले बढ्यो । यो दिन वित्त समूह ०.०३, लगानी ०.०४,जीवन बीमा ०.१९ र म्युचुअल फण्ड ०.३० प्रतिशतले बढ्यो ।  

बैंकिङ समूह ०.१८ प्रतिशतले घटेको आज विकास बैंक ०.१६, होटल ०.५७, हाईड्रो ०.७९,उत्पादन तथा प्रशोधन ०.३३,निर्जीवन बीमा ०.१७ र अन्य समूह ०.५७ प्रतिशतले घट्यो ।