सहकारी ठगी प्रकरण : श्रममन्त्रीमाथि पनि कांग्रेसले उठायो  प्रश्न 

काठमाडौँ ।  सहकारी ठगी प्रकरण जोडिएका आरोपमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रममन्त्री डिपी अर्यालमाथि पनि प्रश्न उठाएको छ।

रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति बनाउन निरन्तर माग गर्दै आएको कांग्रेसले रास्वपाकै उपभातिसमेत रहेका श्रममन्त्री अर्याल पनि जोडिएको भन्दै प्रश्न उठाएको हो।

मंगलबारको प्रतिनिधिसभामा कांग्रेस सांसद रामकृष्ण यादवले सहकारी ठगी प्रकरणमा श्रममन्त्री अर्याल पनि जोडिएको समाचार आएको भन्दै छानबिन समिति माग गर्नुको औचित्य थप पुष्टि भएको बताए।