सुनको मूल्य बढ्दा चाँदी स्थिर, ताेलाकाे कतिमा हुँदैछ काराेवार ?

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य बढेको छ। बिहीबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएको छ।

आज सुनको मूल्य प्रति तोला ३ सयले बढेर १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। बुधबार सुनको मूल्य १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार १ सय रुपैयाँ निर्धारण भएको छ। बुधबार प्रति तोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ।