युएईसँग नेपालको लज्जास्पद हार

काठमाडौं - आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत बिहीबारको खेलमा नेपालले घरेलु टोली यूएईसँग लज्जास्पद हार ब्यहोरेको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा नेपाल ६८ रनले पराजित भएको हो ।

२०८ रनको लक्ष्य पछ्याएको नेपाल ३१.५ ओभरमा १३९ रन बनाउँदै समेटियो । सुरुवात देखि नै विकेट गुमाएको नेपालका लागि कुशल मल्ले अर्धसतकीय पारी खेले पनि जित दिलाउन सकेनन् । मल्लले ६० रन बनाएर आउट भए । यस्तै आसिफ शेखले १७ रन तथा सन्दीप लामिछानेले २६ रन बनाउँदा अन्य कुनै खेलाडीले दोहोरो रन बनाउन सकेनन् । युएईका रोहन मुस्ताफा र कार्तिक मैयाप्पनले ३ ३ विकेट लिए । यस्तै जुनैद सिद्धिकीले २ विकेट लिए ।

यसअघि टसु हारेर ब्याटिङको निम्तो पाएको यूएईले ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन बनाएको थियो । यूएईका लागि ओपनिङ गरेका आसिफ खानले सर्वाधिक ७२ रन बनाउँदा रोहन मुस्ताफाले अविजित ५२ रन जोडे । नेपालका लागि सन्दीप लामिछानेले ३, करण केसी, आसिफ शेख र कुशल मल्लले एक एक विकेट लिए ।

विश्वकप लिग–२ को अंक तालिकामा नेपाल ३० खेलबाट २८ अंकसहित छैटौँ स्थानमा छ। पाचौँ स्थानमा रहेको एईको ३० खेलबाट ३१ अंक छ।