नामाकरण भएको खुसियालीमा कोशी प्रदेशमा आज सार्वजनिक बिदा, विराटनगरमा निषेधाज्ञा

काठमाण्डौ – नामाकरण भएको खुसियालीमा कोशी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतले विज्ञप्ति निकालेर आज प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभएको हो । प्रदेश सभाको हिजोको बैठकको दुई तिहाइ बहुमतले प्रदेशको नाम कोशी नामाकरण गरेको हो ।

प्रदेशको नाम कोशी राख्न एमालेका सांसद रामबहादुर मगरले प्रस्ताव गर्नुभएको थियो । त्यो प्रस्तावमा मत विभाजन हुँदा पक्षमा ८२, विपक्षमा चार मत परेको थियो । मतदान प्रक्रियामा ६ जना सांसद अनुपस्थित थिए ।