स्ववियू निर्वाचनमा ५ विद्यार्थी संगठन मिलेर जाने

काठमाडौँ - पाँच विद्यार्थी संगठनले आगामी चैत ५ गते हुने स्ववियू निर्वाचनमा मिलेर जाने निर्णय गरेका छन् । कांग्रेस निकट नेपाल विद्यार्थी संघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, एकीकृत समाजवादी, जसपा र नेपाल समाजवादी निकट विद्यार्थी संगठनले स्ववियू निर्वाचनमा मिलेर जाने समझदारी गरेका हुन् ।