उदयपुरमा जीप दुर्घटना, दुईजनाको मृत्यु, १३ घाइते

 काठमाडौँ - उदयपुरको कटारीमा जीप ९बोलेरो० दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । 

७० वर्षीय वीरबहादुर तामाङ र ३३ वर्षीया लालकुमारी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका नायब प्रहरी उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए । 

शुक्रबार साँझ कटारी बजारबाट थलियातर्फ गइरहेको ना १ ज ८३३३ नम्बरको जीप कटारी ७ मजेतपुरमा दुर्घटनामा परेको हो । ब्रेक फेल भई जीप डेढसय मिटर तल खसेको प्रहरीले जनाएको छ । चौधरीका अनुसारविराटनगरस्थित नोबेल अस्पताल र कटारी अस्पतालमा घाइतेको उपचार भइरहेको छ ।