कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ। नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो २ बजे संघीय संसद् भवनमा बस्न लागेको हो ।

यही माघ २२ गते संसद्को हिउँदे अधिवेशन आह्वान भएको छ । त्यसैको तयारीका लागि  बैठक बोलाइएको  प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।