एमालेले बोलायो संसदीय दलको बैठक, के छन् एजेन्डा ?

काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक दुई दिन शनिबार र आइतबार बस्ने जनाइएको छ ।

दुवै दिनका बैठकहरु दिउँसो १२ बजे संसद भवनको ल्होत्से हलमा बस्ने नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।

आगामी २२ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

हिउँदे अधिवेशनमा संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा नेपाली कांग्रेस र रास्वपाले पनि आज संसदीय दलको बैठकमा छलफल गर्दैछन् ।