रास्वपा संसदीय दलको बैठक बस्दै, के छन् एजेन्डा ?  

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) को संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ ।

आजको बैठकमा हिउँदे अधिवेशन तयारीको लागि छलफल हुने छ । साथै समसामयिक राजनीतिका बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ ।