जापानमा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ४० पुग्यो

एजेन्सी  l जापानमा गएको शक्तिशाली भूकम्पमा परि हालसम्म ज्यान गुमाउनेको सङ्ख्या ४० पुगेको छ ।

मध्यजापानको इशिकावा प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या  ४० पुगिसकेको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितहरुको निरन्तर उद्धारको काम भइरहेको जानकारी दिएका छन् ।। 

“प्रभावित क्षेत्रमा जापानी सेनाले खाना, पानी र ओड्नेलगायतका सामग्रीहरू वितरण गरिरहेको छ । भूकम्प प्रभवित ठाउँमा भारी मेसिनरी पठाउन पनि गाह्रो बनाइरहेकोले  हामी मार्गहरू सुरक्षित गर्ने तरिका बारे सोचिरहेका छौँ जापानको राष्ट्रिय प्रसारक एनएचकेले जनाएको छ ।
 सोमबारदेखि जापानमा कम्तिमा एक सय ५५ वटा भूकम्पका धक्का अनुभन गरिएको छ ।  अमेरीकी राष्ट्रपति जो बाइडेनले जापानलाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका छन् ।