१३ वर्षीया बालिकामाथि बलात्कार, दुईजना पक्राउ

झापा - १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका ६ बर्मेली टोल बस्ने ३४ वर्षीय जगत मणी आचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।

आचार्यले ती बालिकालाई गत मंसिर ८ गते आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा जगत मणीको दाइ ३७ वर्षीय बाल कुमार आचार्यले ती बालिकालाई ललाई फकाई आफ्नो भाइलाई भेटाएको भन्ने खुल्न आएपछि उनलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।