गुण्डानाईके रिगललाई आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ आज पुन: हुने 

काठमाडौँ - सर्वोच्च अदालतले योगराज ढकाल रिगल कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ आज पुन हुने भएको छ ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा हिजोे भएको सुनुवाइमा सरकारी पक्षले बहस भएको थियो । महान्यायाधिवक्ता डा दिनमणि पोखरेल, नायब महान्यायाधिवक्ता विश्वराज कोइराला र नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मीले सरकारका तर्फबाट बहस गरेका थिए । बुधबार बाँकी सुनुवाइ हुनेभएको हो । 

संविधान दिवसका अवसरमा यही असोज ३ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट योगराज ढकालको कैद मिनाहा भएको थियो । राष्ट्रपतिको निर्णयविरुद्ध हत्या गरिएका चेतन मानन्धरको पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् । उक्त रिट निवेदनमा सुनुवाइ भएको हो । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेको नेतृत्वमा बहस भएको थियो ।