संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस आज न्युयोर्क फर्किने

 काठमाण्डौँ - नेपालको चारदिने औपचारिक भ्रमण सकाएर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज न्युयोर्क फर्किँदै छन् ।  कतार एयरवेजको उडानमार्फत बिहान १० बजे गुटेरेस न्युयोर्क फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

न्युयोर्क फर्कनुअघि गुटेरेसले मंगलबार संघीय संसदको सयुक्त बैठकलाई सम्बोधन गरेका थिए । नेपाल बसाइका क्रममा उनले अन्नपुर्ण आधार शिविर, पोखरा र लुम्बिनीको भ्रमण गरेका थिए ।