प्रधानमन्त्रीको निर्देशनपछि आयल निगमले लियो मूल्यवृद्धि फिर्ता

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु को निर्देशनपछि  नेपाल आयल निगमले शनिबार राति गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ ।

प्रधानमन्त्री दाहालले चाडबाडको मुखमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगर्न निगमका पदाधिकारीलाई बोलाएर  निर्देशन दिएपछि सञ्चालक समितिले मूल्य यथावत् राख्ने निर्णय गरेको हो ।

प्रधानमन्त्रीको निर्देशन लगत्तै निगमले विज्ञप्ति जारी गर्दै मूल्य फिर्ता लिएकोबारे जानकारी गराएको हो ।
शनिबार मात्रै  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मृल्य वृद्धि गरेको छ । पेट्रोलमा प्रतिलिटर २,डिजेलमा र मट्टितेलमा ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाएको हो। यस्तै हवाई आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाएको हो ।