जलहरि प्रकरण : पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवविरुद्ध मुद्दा दायर


 काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा प्रदीप ढकाल र तत्कालीन कोषाध्यक्ष एवम् हालका सदस्यसचिव डा मिलनकुमार थापा समेत तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सार्वजनिक सम्पत्तिमा हानीनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

एक करोड १७ लाख एक हजार ७८१ रुपैयाँ पचासी पैसा मूल्य बराबरको सुन हिनामिना गर्ने कार्यक्रमा ढकाल र थापाको प्रत्यक्ष भूमिका देखिएको अख्तियारको ठहर छ ।

उनीहरुलाई जनही सोही रकम बराबरको बिगो माग गर्दै मुद्दा दायर गरिएको हो । अरुण कुमार श्रेष्ठ समेतलाई सोही बिगो बमोजिम जरिवाना माग गरिएको छ ।