सुनखानीमा पुरिएर छ जनाको मृत्यु, १५ जनाको उद्धारमा सकस

काठमाण्डौँ - जिम्बाब्वेको एउटा सुनखानीमा छ जनाको पुरिएर ज्यान गएको छ । निस्कने बाटो पुरिँदा १५ जनालाई उद्धार गर्न सकस भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

राजधानी हरारेबाट १०० किलोमिटर पश्चिममा रहेको चेगुतुमा रहेको बे हर्स सुन खानीको केही भाग भत्किँदा ३० जनाभन्दा बढी मजदुर फसेका थिए ।
तेह्र जना खानी कामदार भने बच्न सफल भएका बताइएको छ। खानीमा फसेकाहरूलाई उद्धारको प्रयास भइरहेको छ ।
  
खानीको भाग के कारणले भत्कियो भन्ने थाहा हुन सकेको छैन भने दुर्घटनाको विस्तृत विवरण पनि प्राप्त भएको छैन ।