शंकर थापाको ‘तिमीलाई म कति माया गर्छु’ गीत सार्वजनिक

काठमाडौं- संगीतकार तथा गायक शंकर थापा ‘स्माइल’को गीत ‘तिमीलाई म कति माया गर्छु’को अडियो भिडियो सार्वजनिक गरिएको छ ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच प्रमुख अतिथी संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रगती महरा, बरिष्ठ संगीतकार राजु सिंह, संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटा, चर्चित गायक शिव परियार, राइट ट्युनका कार्यकारी निर्देशक गणेश शाही र संगीतकार तथा गायक शंकर थापा ‘स्माइल’ लगायतले संयुक्त रुपमा गीत सार्वजनिक गरेका हुन्।

शंकर थापा ‘स्माइल’को संगीत रहेको गीतमा संगीतकार स्वयम् र अञ्जु पन्तको स्वर तथा प्रलाद शाहको शब्द रहेको छ । यस्तै माधव शर्माले निर्देशन गरेको गीतको भिडियोमा लाइन र लालना चिमरियाको अभिनय, नवराज उप्रेतिको छायाँकन, विकास दाहालको सम्पादन र सन्तोष राजवहाकको कोरियोग्राफी रहेको छ।