'नेपालको चुच्चे नक्सा बुच्चे बनाएको विषयमा चीन भ्रमणमा प्रधानमन्त्रीले कुरा गर्नु हुन्छ' : अग्नि सापकोटा

 काठमाडौँ - नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले जारी गरेको नयाँ नक्साबारे कूटनीतिक पहल गर्नुपर्ने बताएका छन् ।

आज पेरिसडाँमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘चीनले जारी गरेको नयाँ नक्सामा किन त्यस्तो हुन गयो  कसरी धेरै महत्वपूर्ण विषयलाई समेटिएन  त्यस बारेमा त कूटनीतिक कुरा गर्नुपर्छ ।’ उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका बेला कुराकानी हुने समेत बताएका छन् । ‘हाम्रा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री चीन भ्रमणमा जाँदै हुनुहुन्छ । त्यसबेलामा कुराकानी हुन्छ । यसबारेमा सरकार प्रष्ट हुँदै जनतालाई प्रष्ट पार्नुपर्छ’, सापकोटाले भने ।

चीनले सोमबार जारी गरेको नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा समावेश नभएको भन्दै विरोध भइरहेको छ । नेपालको भूमि भारतभित्र देखाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले त्यसको विरोध स्वरुप चीन भ्रमण रद्द गरेका छन् ।