प्रधानमन्त्री दाहाल र चिनियाँ राजदूत सोङबीच भेट

काठमाडौं - शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेट भएको छ । 
चीन भ्रमणको तयारी भइरहेका बेला राजदूत सोङले प्रधानमन्त्री दाहाललाई भेटेर संभावित एजेण्डाको विषयमा छलफल गरेका थिए । भेटमा बीआरआई परियोजना अघि बढाउने विषयमा समेत प्रधानमन्त्री र चिनियाँ राजदूत सोङबीच छलफल भएको छ। बीआरआई परियोजनाअन्तर्गत चीनले कम्तीमा तीनवटा औद्योगिक पार्क बनाउन नेपाल सरकारसँग लबिङ गरेको छ । 
प्रधानमन्त्री दाहालले हालै चीनले सार्वजनिक गरेको नक्साबारे समेत राजदूत सोङसँग चासो राखेको स्रोतले बताएको छ ।  चीनले सार्वजनिक गरेको आफ्नो नक्सामा केही छिमेकी मुलुकको नक्सा समेत राखेको छ । तर, चीनले आफ्नो नक्सा सार्वजनिक गर्दा छिमेकी मुलुक नेपालको पुरानो नक्सा राखेको छ । 
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेपालको चुच्चे नक्सालाई मान्यता नदिएको भन्दै चीन भ्रमण रद्ध गरेका छन् । उनी ५ दिने भ्रमणमा चीन जाँदै थिए ।