आजको शेयर बजार : नेप्से साढे २८ अङ्कले घटेर बजार राताम्मे, कारोबार रकम २ अर्बभन्दा कम !

काठमाण्डौँ - आज मङ्गलवार दोहोरो अङ्कले घटेर शेयर बजार राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २८ दशमलव ५९ अङ्कले घटेर दुई हजार ७७ दशमलव ५८ विन्दुमा झरेको छ ।

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै किसान लघुवित्तको शेयर साढे छ प्रतिशत र हिमालयन लघुवित्तको शेयर साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज सुपर मादी हाइड्रोपावर कम्पनीको शेयर साढे चार प्रतिशतले बढेको छ ।

बजार निरन्तर घट्न थालेपछि कारोबार रकममा पनि निकै कमी आएको छ । आज ६० लाख १५ हजार कित्ता शेयर एक अर्ब ९२ करोड ४४ लाख रुपैयाँमा कारोबार भएका छन् ।