संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने

काठमाडौँ - प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न आज अपराह्न ४ बजे संवैधानिक परिषद्को बैठक बस्दै छ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिने भएकाले नयाँ प्रधाननयायाधीश नियुक्तिको सिफारिस गर्न परिषदको बैठक बस्न लागेको हो ।

संवैधानिक व्यवस्था अनुसार प्रधानन्यायाधीशको कार्यकाल सकिनु एक महिना अगाडि नै नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्नुपर्छ । तर प्रधान्यायाधीश कार्कीको पदावधि सकन चार दिन बाँकी रहँदा प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न परिषद बैठक बस्न लागेको हो ।