सीके राउत नेतृत्वको पार्टीले सरकारको समर्थन फिर्ता लिने !

काठमाण्डौँ - प्रधानमन्त्री पुष्पकमल  दाहाल ‘प्रचण्ड’लाई दुई पटक विश्वासको मत दिएको सीके राउत नेतृत्वको जनमत पार्टी समर्थन फिर्ता लिने मुडमा पुगेको छ । प्रधानमन्त्री प्रचण्डलाई शनिबार भेटेर जनमतले सरकारको विषयमा अन्तिम निष्कर्षमा पुग्ने तयारी गरेको हो ।