प्रतिनिधिसभा बैठक बस्दै, गृह, अर्थ र शिक्षा मन्त्रीले जवाफ दिने

काठमाडौँ - संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
आजको बैठकमा गृह, अर्थ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत सम्बन्धित मन्त्रीहरूले सांसदले उठाएका मौखिक प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘लोकसेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन ९२०७९ श्रावण–२०८० आषाढ० पेस गर्ने कार्यक्रम छ ।
यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस्’ भनी प्रस्ताव पेस गर्ने छन् ।