जाजरकोटमा पहिरोले पुरिएर बालकको मृत्यु

जाजरकोट - जाजरकोटमा पहिरोमा पुरिएर एक जना बालकको मृत्यु भएको छ । भेरी नगरपालिका(५ इबरका रमेश बिकका ५ वर्षीय छोरा प्रिन्स बिकको मृत्यु भएको हो । 

गएराती परेको बर्षाद्का कारण आएको पहिरोले घर पुर्दा ती बालकको मृत्यु भएको हो। पहिरोमा परि बुवा रमेश घाइते भएका छन् । उनको उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । ६ जनाको परिवार अरु सबै सकुशल छ्न् ।