बढेर आयो पेट्रोल र डिजेलको मूल्य, प्रतिलिटर मुल्य कति ? 

 काठमाडौँ - भारतले नेपाललाई पेट्रोल र डिजेलको मूल्य बढाएर पठाएको छ । 

इन्डियन आयल कर्पोरेसन आईओसीले प्रतिलिटर पेट्रोलमा २.०४ रुपैयाँ र डिजेल २.११ रुपैयाँ पठाएको नेपाल आयल निगमले जनाएको छ । 

नेपाल आयल निगमलाई आईओसीले १५–१५ दिनमा इन्धनको नयाँमूल्य सूची पठाउँछ । उसले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलिम पदार्थको मूल्य घटबढ हुँदा सोहीअनुसार समायोजन गरेर पठाउने गरेको छ । 

अघिल्लो वर्ष आईओसीले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको थियो । हाल नेपालमा प्रतिलिटर पेट्रोलको १७५ रुपैयाँ तथा डिजेल र मट्टीतेल १५५ रुपैयाँ उपभोक्ता मूल्य रहेको छ । 

पेट्रोल र डिजेलको मूल्य बढेर आए पनि नेपालमा हालको मूल्य यथावत् राख्ने तयारीमा निगम छ ।  यसैगरी आईओसीले हवाई इन्धन र ग्यासको मूल्य भने घटाएर पठाएको छ । नयाँ मूल्यसूचीअनुसार हवाई इन्धनमा प्रतिलिटर ७ रुपैयाँ मूल्य घटेर आएको छ । निगमका अुनसार एलपी ग्यासमा प्रतिसिलिन्डर ४९ रुपैयाँ मूल्य घटेर आएको छ ।